दैनिक बिहान खाली पेट सुकमेल खाँदा थुप्रै समस्याबाट पाइन्छ राहत

सुकमेलमा धेरै नै फाइदाजनक तत्व हुन्छन् । यसले शरीरलाई विभिन्न प्रकारले फाइदा दिने गर्छ ।

आज जानौं बिहान यसलाई खाली पेट सेवन गर्दा कस्ता फाइदा हुन्छन् भनेर–

खाली पेट सुकमेलको सेवन गर्दा कयौं समस्याबाट राहत पाउन सकिन्छ । यसका लागि बिहान खाली पेट दुई वा तीनवटा सुकमेल चपाएर खान सक्नुहुन्छ । त्यसपछि एक गिलास तातो पानी पिउनुहोस् ।

खाली पेट सुकमेल खाँदा पेट स्वस्थ राख्न सहयोग पुग्छ। साथमा यसले एसिडिटी र अपच जस्ता समस्या पनि कम हुन्छन् ।

दैनिक खाली पेट दुई वा तीनवटा सुकमेल चपाउनुहुन्छ भने भोक नलाग्ने समस्या पनि कम हुन्छ। साथमा शारीरिक कमजोरी पनि हट्छ ।

बिहान खाली पेट तातो पानीसँग सुकमेल खानाले कपाललाई पनि स्वस्थ बनाउन सकिन्छ । सुकमेलमा भरपूर मात्रामा पोटाशियम र फाइबर हुन्छ । यसले रक्तसञ्चारलाई राम्रो बनाउँछ ।

यसमा एन्टी ब्याक्टेरियल गुण पाइने भएकाले घाँटी दुखेको वा रुघाखोकीमा पनि राम्रो काम गर्छ ।

Comments

Back to top