तनावको नकारात्मक असर दाँतमा

के तपाईहरुलाई थाहा छ तनावका कारण तपाईको दाँतमा यस्तो समस्या आउन सक्छ ? यदि तपाईलाई दाँत किटकिटाउने समस्या छ भने यसको कारण तनाव पनि हुन सक्छ । यसले विभिन्न समस्याहरु निम्त्याउन सक्ने हुनाले हामी सावधान रहनुपर्छ । यसका कारण तपाईको टाउकोमा पनि केहि समस्या देखा पर्न सक्छ र दाँत भाँचिने डर पनि हुन्छ ।

तपाईलाई यदि दाँत किटकिटाइरहने बानी छ भने मान्छेहरुका अगाडि असजिलोपन हुन सक्छ । यसले सामाजिक रुपमा मात्र समस्या पैदा नगरेर तपाईको शरीरमा समेत असर पार्न सक्छ । यसले एन्क्रेनियोफेशयल नर्भमा नकारात्मक प्रभाव पार्ने गर्छ। आफुले थाहा नपाइ हुने भएकाले यो समस्या समाधान गर्न धेरैलाई गाह्रो हुने गरेको छ ।

सामान्य रुपमा मान्छेहरु निद्रामा सुतेका बेला सुरुवाती ४० मिनेटसम्म दाँत किटकिटाउने गर्छन् । यति लामो समयसम्म दाँत किटकिटाएमा दाँतको इनामेल निक्लिने र दाँत भाँच्चिने सम्भावना हुन्छ । यसका कारण तपाईको दाँत, बङ्गारा र कान दुख्ने पनि हुन्छ । यस्तो समस्या कम उमेरका बच्चामा पनि देखा पर्न सक्छ । यसको मुख्य कारण तनाव भएकाले यसबाट बच्ने सबैभन्दा उपयुक्त उपाय भनेकै सुत्नु अघि तनावमुक्त भएर सुत्नु हो ।

Comments

Back to top