हाडे बदामले घटाउँछ पेटको बोसो

आजकल अधिकाशं मानिसमा मोटोपनको समस्या छ। तर लगभग सबैलाई आफू स्लिम हुने चाहाना हुन्छ। अझ युवतीहरुमा यो चाहाना बढि हुने गर्दछ । जसका कारण स्लिम हुने र सुन्दर देखिने चाहानामा कैयन युवतीहरू अनावश्यक डाइटिङ गर्दछन् ।

यसरी डाइटिङ वा व्यायाम गरेर घट्न चाहाने महिलाकालागि खुसीको कुरा छ, शरीरको तौल कम गर्न दिनहुँ हाडे बदामको सेवन गर्दा फाइदा पुग्दछ । अमेरिकाको पेन विश्वविद्यालयका अनुसन्धानकर्ताले ५२ जनामा गरेको अध्ययनलाई जर्नल अफ अमेरिकन हर्ट एसोसिएसनले सार्वजनिक गरेको छ ।

जसमा दिनहुँ ४२ ग्राम हाडे बदाम खानाले पेटको बोसोको मात्रामा कमी ल्याउनुका साथै हृदयरोगको खतरा समेत कम हुने देखाएको छ ।

पेटमा जमेको बोसो मुटु रोगको पनि कारक मानिन्छ । अध्ययन अनुसार यसकालागि सामान्य आहारको सट्टा हाडे बदाम सेवन गरेमा मोटोपना कम हुनुका साथै मुटु रोगको जोखिम समेत कम हुन्छ ।

 

Comments

Back to top