प्रतिनिधिसभा बैठक: उद्योग, भुमी र भौतिक मन्त्रालयको बजेट माथि छलफल हुने

आज प्रतिनिधिसभा बैठक बस्दैछ । 

संघीय संसद भवनमा बस्ने बैठकमा बिनियोजन बिद्येयक २०८० माथि छलफल हुनेछ । बैठक ११ बजे बोलाईएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुटाईएको बजेटमा छलफल हुनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल गरिएको थियो, जुन सकिएको छ। 

Comments

Back to top