इजरायली सेनाले व्यापक मात्रामा मानवअधिकार उल्लंघन गर्‍यो : अमेरिका

अमेरिकाले इजरायली सेनाले व्यापक मात्रामा मानवअधिकार उल्लंघन गरेको बताएको छ ।

अमेरिकाले पहिलो पटक इजरायली सुरक्षा एकाइका सम्बन्धमा यस्तो बयान दिएको हो ।

मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले सुरक्षा बलको पाँच इकाइले ठूलो मात्रामा मानवअधिकार उल्लङ्घन गरेको बताए ।

‘पाँचमध्ये चार एकाइहरूले उल्लङ्घनहरूलाई प्रभावकारी रूपमा सम्बोधन गरेका छन्, हामीले हाम्रा साझेदारहरूबाट अपेक्षा गरे अनुसार,’ उनले भने।

तर, यसै विषयलाई लिएर अमेरिकाले इजरायललाई दिइरहेको सैन्य सहयोग भने रोक्ने छैन ।

बीबीसीका अनुसार मानवअधिकार उल्लङ्घनका ती सबै घटनाहरू गाजामा इजरायलको आक्रमणअघि भएको थियो ।

अमेरिका इजरायलको सैन्य उपकरणको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । र, हरेक वर्ष अमेरिकाले ३ बिलियन पाउन्डको सहायता प्रदान गर्दछ।

एजेन्सी

 

 

Comments

Back to top