‘रोगी’ रिर्चड ब्रान्सन जसलाई समाजले हेला गरेको थियो, यसरी बने अर्बपति

रिर्चड ब्रान्सन् (जसलाई आज बिश्व भर्जिन ग्रुपको संस्थापक एवं अर्बपतिको रुपमा चिन्छ) पनि बाल्यकालमा उनी जन्मे हुर्केको सामाजको मूल्य मान्यताका कारण पिल्सिएक थिए । उनको प्राकृर्तिक अस्तित्व उनको समाजको मूल्य मान्यताको कसीमा घोटेर हेर्दा निकम्मा ठहरिएको थियो ।

सन् १९५० मा बेलायतमा जन्मेका ब्रान्सन् ‘डिस्लेक्जिया’बाट पिडित थिए । डिस्लेक्जिया त्यस्तो ‘रोग’ हो, जसको पिडितलाई तिक्ष्ण बौद्धिक क्षमताका बाबजु्द समाजको आकांक्षामा खरो उत्रन नसक्दा बेकम्माको जामा परिर्याउने गरिएको छ । वकिल पिता र एयर होस्टेज आमाका छोरा ब्रान्सनको बाल्यकाल सुखद रहेन । परिवार र समाजले उनलाई बुझेन । उनका गुणहरुलाई नजरअन्दाज र केही कमी–कमजोरीहरुलाई अतिरञ्जित गरियो ।

उनले स्कूलमा राम्रो गर्न सकेनन् । समाजले केटाकेटीहरुबाट उनीहरुको उमेरको सापेक्षता अनुसार जस्तो किसिमको गुण, ब्यवहार आदिको अपेक्षा गर्छ, त्यसमा उनी खरो उत्रन सकेनन् । र, अन्ततः एक्लो जस्तो भए ।

अहिले ब्रान्सनको भर्जिन ग्रुप अन्र्तगतका ४ सय कम्पनीहरु बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिका, एसियालगायत भुगोलमा फैलिएको छन् । र, ब्यवसाय पनि रेल कम्पनी, अन्तरिक्ष पर्यटनसम्म फैलिसकेको छ ।

ब्रान्सनको आगामी योजना भने ‘ग्लोबल वार्मिङ’ सँग जुध्न र बढ्दो उर्जा मूल्यका बिरुद्ध लड्नका लागि ‘भर्जिन फ्युल’ भन्ने कम्पनी रहेको छ ।
अहिले भर्जिन ग्रुपको बार्षिक कारोबार २० अर्ब डलर हाराहारी पुगिसकेको छ । यो ग्रुपको कम्पनीहरुमा ७१ हजारभन्दा बढि कर्मचारी काम गर्छन् । र, रिर्चड ब्रान्सनको कूल सम्पत्ति ५ अर्ब डलर भन्दा बढि छ । उनी फोब्र्समा सुचिकृत अर्बपति ब्यवसायी हुन् ।

डिस्लेक्जिया भनेको यस्तो रोग हो, जसको पिडितको बौद्धिक क्षमतामा कुनै कमी हुँदैंन । तर, समाजको अपेक्षा अनुरुप उमेर अनुसार सिक्नु पर्ने कतिपय कुराहरुको सिकाइको गति भने केही ढिलो हुनसक्छ ।

यो कुनै आधिकारीक तथ्य त होइन, तर बिश्वमा बिभिन्न क्षेत्रको नेतृत्वकर्ताहरु बाल्यकालमा डिस्लेक्जियाबाट पिडित भएको बताइन्छ । थोमस एडिसन र अल्बर्ट आइन्सटाइन जस्ता बिश्वबिख्यात बैज्ञानिक पनि डिस्लेक्जियाबाटै पिडित रहेको बताइन्छ । वास्तवमा भन्ने हो भने कसैको अपेक्षा अनुरुप वा अरु कसैले सिकाएर सिक्नु भनेको त उ जस्तै वा उ भन्दा केही ‘कमसल’ हुनु नै हो । नयाँ नयाँ आबिष्कार गर्ने त आफ्नै सृजनशिलताले हो ।

सायद डिस्लेक्जियाले पडितहरु अरुले सिकाएको सिक्न नसक्ने र आफ्नै बाटो हिंड्न बाध्य हुने हुनाले बढि सृजनशील भएका पो हुन् कि भन्ने तथ्यलाई थोमस एडिसन, अल्बर्ट आइन्सटान र रिर्चड ब्रान्सनको सफलताले बल भने पुर्याउन सक्ला । 

Comments

Back to top