मार्था हेलेन स्टीवर्ट: भारी उतारचढावले भरिएको एक प्रेरक जीवनी !

मार्था हेलेन स्टीवर्टको जन्म अगस्ट ३, १९४१ मा भएको हो । उनी एक अमेरिकी खुद्रा व्यवसायी, लेखिका र टेलिभिजन व्यक्तित्व हुन्। 

मार्था स्टीवर्टको जन्म न्यूजर्सीको जर्सी सिटीमा भएको थियो। उनी आमाबाबु एडवर्ड कोस्टिरा र मार्थाकी दोस्रो सन्तान हुन्। उनका आमाबाबु दुवै शिक्षक थिए ।उनका बुबा पछि औषधि विक्रेता बनेका थिए। 

जब स्टीवर्ट १० वर्षकी थिईन्, उनले मिकी मेन्टल, योगी बेरा र गिल म्याकडोगाल्डका बच्चाहरूको लागि हेरालुको रूपमा काम गरेकी थिइन् । उनले मोडलिङ पनि सुरु गरेकी थिइन्। १५ वर्षको उमेरमा, स्टीवर्टलाई युनिलिभरको लागि एक टेलिभिजन विज्ञापनमा चित्रित गरिएको थियो। उनी टेलिभिजन विज्ञापनहरू र पत्रिकाहरूमा देखा परेकी थिइन्।

किशोरी अवस्थामा स्टीवर्टकी आमाले उनलाई खाना पकाउन र सिलाउन सिकाइन्। पछि, उनले न्यूयोर्कको बफेलोस्थित आफ्ना हजुरबुवा हजुरआमाको घरमा जाँदा क्यानिङ र संरक्षणको प्रक्रिया सिकेकी थिइन्। उनको बुबालाई बगैँचामा काम गर्ने तीब्र इच्छ्या थियो । उनले आफ्नो धेरै ज्ञान र विशेषज्ञता आफ्नी छोरीलाई दिए। स्टीवर्ट स्कूलको पत्रिका र कला क्लब जस्ता धेरै अतिरिक्त गतिविधिहरूमा पनि सक्रिय थिईन् ।

स्टीवर्टले नटली हाई स्कूलबाट स्नातक गरिन्। उनले कोलम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजमा अध्ययन गरेकी थिइन्, जहाँ उनको मूल विषय रसायन शास्त्र थियो तर पछि उनले कला, इतिहास र वास्तुकलामा मेजर गरेकी थिइन्। आफ्नो कलेजको शुल्क तिर्न उनले च्यानलको लागि फेसन मोडलिङ गरिन्। यस समयमा, उनले एन्ड्रयू स्टीवर्टलाई भेटिन्, जसले येल ल स्कूलमा आफ्नो कानूनको डिग्री पूरा गरेका थिए। उनीहरुले जुलाई १९६१ मा विवाह गरे। उनी आफ्नो विवाहको एक वर्ष पछि बर्नार्ड फर्केकी थिइन् । त्यहाँबाट उनले इतिहास र वास्तुकला इतिहासमा डबल मेजरको साथ स्नातक गरेकी थिइन्।

सन् १९६७ मा मार्था स्टीवर्टले आफ्नो ससुराको पेसा स्टकब्रोकरको रूपमा दोस्रो क्यारियर सुरु गरिन्। 

यसबीच, एन्ड्रयू स्टीवर्टले एक प्रकाशन गृह को स्थापना गरे र अन्य धेरैको प्रमुख कार्यकारीको रूपमा सेवा गरे। एन्ड्रयू र मार्था स्टीवर्ट वेस्टपोर्ट, कनेक्टिकटमा सरे, जहाँ उनीहरूले टर्की हिल रोडमा १८०५ फार्महाउस खरीद र पुनर्स्थापना गरे जुन पछि मार्था स्टीवर्ट लिभिंगको टिभी स्टुडियोको लागि मोडेल बन्यो। परियोजनाको दौरान, पुनर्स्थापना र सजावटको लागि स्टीवर्टको जुनून स्पष्ट भयो। त्यही आफ्नो आन्तरिक इच्छ्यालाई पेशाको रुपमा परिवर्तन गर्न उनले लिभिङ ओम्नीमिडियाको स्थापना गरिन् ।

लिभिङ ओम्नीमिडियाको संस्थापकको रूपमा स्टीवर्टले प्रकाशन, प्रसारण, मर्चेन्डाइजिंग र ई-वाणिज्य सहित विभिन्न व्यावसायिक उद्यमहरू मार्फत सफलता प्राप्त गरिन्। उनी मार्था स्टीवर्ट लिभिङ पत्रिकाको प्रकाशक पनि हुन् । उनले दुई सिन्डिकेटेड टेलिभिजन कार्यक्रमहरू होस्ट गरेकी छिन् । ती हुन् मार्था स्टीवर्ट लिभिङ, जुन १९९३ देखि २००४ सम्म चलेको थियो र मार्था, जुन २००५ देखि २०१२ सम्म चलेको थियो।

सन् २००४ मा स्टीवर्टलाई आईएमक्लोन स्टक ट्रेडिंग केससँग सम्बन्धित गम्भीर आरोपहरूको लागि दोषी ठहराइयो । उनले संघीय जेलमा पाँच महिना बिताइन् र मार्च २००५ मा रिहा भइन्। यस घटनाले उनको मिडिया साम्राज्यलाई समाप्त पार्ने अनुमान गरिएको थियो । तर २००५ मा स्टीवर्टले पुनरागमन अभियान सुरु गरिन् र उनको कम्पनी २००६ मा नाफामा फर्कियो। स्टीवर्ट सन् २०११ मा मार्था स्टीवर्ट लिभिङ ओम्नीमिडियाको बोर्ड अफ डाइरेक्टर्समा पुनः सामेल भइन् र सन् २०१२ मा फेरि उनको नामको कम्पनीको अध्यक्ष बनिन्। यस कम्पनीलाई सन् २०१५ मा सिक्कोनसियल ब्रान्ड्सले अधिग्रहण गरेको थियो। 

मे १९९५ को अंकको आवरणपृष्ठमा न्युयोर्क म्यागजिनले स्टीवर्टलाई "हाम्रो समयको निश्चित अमेरिकी महिला"को रुपमा घोषणा गरेको थियो। 

यसरी, आफ्नो आन्तरिक जुनूनलाई पेशा बनाएकी स्टीवर्टले आफ्नो जीवनमा धेरै उतारचढावको साथ ठूलो सफलता पनि हात पारेकी छिन्। उनी अहिले ८१ वर्षको उमेरमा पनि सक्रिय र स्वस्थ जीवन जीई रहेकी छिन्, जुन कुरा आम मानिसहरुको लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ ।

Comments

Back to top