खरानीको धुलोबाट उठेका धनाढ्य गोडीन

उद्योगधन्दामा आगालागी भएर आफ्नो सबै सम्पत्ती खरानी बनेपछि घरबारविहीन भएका कैयन उदाहरण भेटिन्छन् । तर, सर्ज गोडिन भने आफ्ना बुवाले सञ्चालन गरेको काठ मिलमा आगलागी भएपश्चात एक सफल व्यवसायी बने ।

बुबाको काठ मिलमा आगालागी हुँदा गोडिन १७ वर्षका थिए । क्यानडामा सन् १९६६ मा काठमिलमा आगालागी भएपछि उनको परिवारले सर्वस्व नै गुमायो ।

आगलागी पश्चात बिमा कम्पनीहरुबाट क्षतिपूर्ति बापत रकम लिएर कैयन व्यक्तिले आफ्नो पुरानो व्यवसाय पुन सञ्चालन गरेको पनि भेटिन्छ । तर, गोडिनका बुवाले काठ मिलको बिमा गरेका थिएनन्, जसका कारण उनी आफ्नो पुरानो व्यवसाय थाल्ने होइन, घरखर्च चलाउन जागिर खान बाध्य भए ।

काठमिलमा आगलागी भएपछि स्कुले जीवनमै गोडिनको काँधमाथि आफ्नो स्कुलको शुल्कसँगै परिवारको दैनिक जीवनयापनका लागि आवश्यक पर्ने रकम पनि जुटाउने जिम्मेवारी आयो ।

स्कुल सकिएपछि साँझको समयमा गोडन सुपरमार्केटमा काम गर्न जान थाले । शनिबार पनि उनी घरमा आराम गर्न बसेनन् । किनकि बुबाको व्यवसायमा आगो लागेपछि नै आराम भन्ने उनीबाट केही वर्षका लागि बिदा लिएर गएको थियो ।

सबै सम्पत्ती गुमेपछि एउटा सानो घर पनि बनाउनुपर्ने उनका परिवारका लागि बाध्यता थियो । यी सबै बाध्यताहरुका कारणले नै गोडिनले बिदाको दिन पनि ड्राइ क्लिनर्समा काम गर्न सुरु गरे ।

सन् २००० मा उनले क्यानडाका गरिब परिवारमा जन्मेका बालबालिको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले युथ लाइफ नामक संस्था पनि खोले । यस संस्थाले अहिले सम्म ६० मिलियन क्यानेडियन डलर बराबरको सहयोग समेत गरिसकेको छ ।

गोडेन अहिले क्यानडामा सफल व्यवसायी मात्रै होइन, दानबीरका रुपमा समेत चिनिन्छन् । गोडन् भन्छन् ‘यदि तिमीले व्यवसायमा सफलता हासिल गर्ने अवसर पायौ भने त्यसबाट आएको आम्दानी अन्यलाई पनि बाँड्नुपर्छ ।

Comments

Back to top