रोमन सैनी: जसले डाक्टरी छाडेर ६ वर्षमै बनाए २ अर्ब डलरको कम्पनी ‘अनएकेडेमी’!

रोमन सैनी जो डाक्टर, पूर्व आईएएस अधिकारी र एउटा सफल उद्यमी हुन्। भारतको सबैभन्दा कान्छो निजामती कर्मचारीहरुमध्ये एक सैनी सबै छाडेर एक कम्पनीको संस्थापक बने। जसले लाखौं यूपीएससी इच्छुकहलाई मद्दत गर्दछ र यसको मूल्य १४ हजार करोड भारतीय रुपैयाँ (२ अर्ब डलर)भन्दा बढी छ ।

१६ वर्षको उमेरमा सैनी एम्स प्रवेश परीक्षा पास गर्ने सबैभन्दा कान्छो व्यक्ति बने। १८ वर्षको उमेरमा उनले एक प्रतिष्ठित चिकित्सा प्रकाशनमा एक शोध पत्र लेखेका थिए । आफ्नो एमबीबीएस पूरा गरे पछि, युवा रोमन सैनीले एम्समा राष्ट्रीय औषधि निर्भरता उपचार केन्द्रमा काम गरे । धेरैजसो मानिसहरु यस्तो राम्रो प्रतिष्ठित कामको कदर गर्दछन् तर, रोमनको लागि, एक डाक्टरको रूपमा उनको कार्यकाल मात्र ६ महिनासम्म रह्यो किनकी उनी आईएएस अधिकारी बन्ने बाटोमा थिए।

रोमन २२ बर्षको उमेरमा सबैभन्दा कान्छो आइएस अधिकारीहरु मध्ये एक थिए र कलेक्टरको रूप मा मध्य प्रदेशमा उनको पोस्टिङ भएको थियो। यो यस्तो प्लेटफर्म बन्यो जसले आज हजारौं आईएएस परीक्षार्थीहरुलाई यूपीएससी परीक्षाको लागी तयारी गर्न मद्दत गर्दछ। सैनीले ‘अनएकेडेमी’का स्थापना यूपीएससी कोचिंग कक्षाहरुको लागि एउटा यस्तो प्लेटफर्म प्रदान गर्ने सोच राखेर गरेका थिए कि यूपीएससी कोचिंगका लागि विद्यार्थीहरुले लाखौं रुपैयाँ खर्च गर्न नपरोस।

यसरी, उनकाअनुसार मानिसहरु प्रतिभासम्पन्न भएर जन्मेका हुँदैनन्। सबैको ज्ञान, प्रतिभा र चरित्र फरक हुने र निर्धारित लक्ष्यहरु प्राप्त गर्नको लागि परिवार, समाज र चाहनाहरुबिरुद्ध जाने डरलाई त्यागेर अगाडि बढ्नुपर्छ।

Comments

Back to top