पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा बम विष्फोट, ५९ जनाको मृत्यु, कैयौं घाइते

 पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विस्फोटमा परी ५९ जनाको मृत्यु भएको छ । विष्फोटमा परी १ सय ५७ जना घाइते भएका छन् । बम विष्फोटपछि मस्जिद भवनको एक भाग ध्वस्त भएको छ ।

आत्मघाती आक्रमण मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरुलाई लक्षित गरी गरिएको अनुमान गरिएको छ । घटनामा ज्यान गुमाउनेहरू मध्ये अधिकांश प्रहरीहरु नै रहेको बताइएको छ । विस्फोट कसले गराएको भन्ने पुष्टि भएको छैन ।

स्थानीय समय अनुसार हिजो दिउँसो झण्डै १:३० बजेतिर एक मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको विस्फोटन भएको हो । गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले हमला आफूले गराएको जनाएको छ । तर पुष्टि हुन भने बाँकी छ ।

विस्फोट हुँदा ३ सय देखि ४ सय प्रहरी अधिकारीहरू सो क्षेत्रमा रहेको समाचारमा उल्लेख छ । प्रधानमन्त्री शहबाज सरिफले आक्रमणको कडा निन्दा गर्दै आतंकवादको खतरा विरुद्ध सम्पूर्ण राष्ट्र एकजुट रहेको बताउनुभएको छ ।

Comments

Back to top