आयोगले आज राष्ट्रपति निर्वाचनको मिति सार्वजनिक गर्ने

 निर्वाचन आयोगले साेमबार राष्ट्रपतिकाे निर्वाचन मिति सार्वजनिक गर्दैछ।

आयाेगका अनुसार आज १२ निर्वाचन आयुक्तहरूको बैठक बस्दैछ। साेही बैठकबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको निर्वाचन आयाेगले जनाएकाे छ।

निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने तयारी रहेकाे बताइएकाे छ।

सत्ता साझेदार गठबन्धनबीच राष्ट्रपतिकाे उम्मेदवारमा सहमति जुट्न सकेकाे छैन। यता नेपाली कांग्रेसले राष्ट्रिय सहमतिअनुसार राष्ट्रपति बन्नुपर्ने बताउँदै आएकाे छ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकाे कार्यकाल फागुन २९ मा सकिँदैछ।

Comments

Back to top