एनआईसी एशिया बैंकका ग्राहकले क्यान्सर सेन्टरमा १२ प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुरको ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा १२ प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो.डा. अन्जनी कुमार झाले उक्त छुट पाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकमा खाता सञ्चालन गरेका मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरेका ग्राहक एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग (एनआईसी मो बैंक) एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा थ्री डी, सीआरटी, आइएमआरटी,प्यालेटिभ केयर,भीम्याट र टीबीआई उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुटका साथै, यस बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको बैंकले जनाएको छ ।

Comments

Back to top