बैंकिङ प्रणालीमा तरलता समस्या सुल्झिन केही समय धैर्य गर्नुपर्ने: कामु गभर्नर
नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुङ्गाना (तिम्सिना)ले बैकिङ प्रणालीमा देखिएको तरलता समस्या छिट्टै समाधान हुने बताईन्। सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै उनले लघुवित्त तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैलाई केही समय धैर्य गर्न आग्रह गरिन् ।
बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको उनको भनाइ छ । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको कायम मुकायम गभर्नर ढुङ्गानाले बताईन् । व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने पनि उनको भनाइ छ ।
उनले नेपालको गरिवी निवारण तथा वित्तीय पहुँच भन्दा बाहिर रहेका जनसंख्याको २० प्रतिशत समुदायलाई लघुवित्त संस्थाहरु प्रभावकारी साधन भएको उल्लेख गरिन् । ढुङ्गानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसंख्याको १८ प्रतिशत हिस्सा गरिवीको रेखा मुनी रहेको बताईन् ।
Comments