‘रोबोट्याक्सी’ ल्याउने टेस्लाका सीईओको घोषणा

रोबोट्याक्सी बनाउनको लागि डिजाइन गरिएका सवारीसाधनहरूको छिट्टै निर्माण गर्न थाल्ने र अर्को वर्षको लागि “नयाँ उत्पादनहरूको ठूलो लहर” सेट गर्ने टेस्लाका सीईओ एलोन मस्कले घोषणा गरेका छन्।

टेस्लाले रोबोट्याक्सीको रूपमा प्रयोगको लागि गाडी निर्माण गर्ने र अर्को वर्ष तीनवटा नयाँ गाडीहरू बनाउने कुरा एलोन मस्कले टेक्सास कारखानाको उद्घाटनमा दर्शकहरुलाई भने।

मस्कले रोबोट्याक्सीको विवरण भने दिएनन्। उनले यो पनि भने कि टेस्लाले अर्को वर्ष अस्टिन, टेक्सास नजिकैको आफ्नो नयाँ कारखानामा साइबरट्रक पिकअप निर्माण सुरु गर्नेछ। त्यसपछि नयाँ रोडस्टर र विद्युतीय सेमी निर्माण थाल्ने उनले बताए ।

टेस्ला र मस्कले प्रायः गाडीहरूको उत्पादन सुरु गर्ने लक्ष्यहरू समयमा पूरा गर्न सकेका छैनन्। २०१९ मा, मस्कले अर्को वर्ष सडकमा स्वायत्त रोबोट्याक्सीहरूको फ्लीट हुने बताएका थिए, तर कम्पनीको “फुल सेल्फ-ड्राइभिङ” सफ्टवेयर अझै पनि टेस्ला परीक्षणको क्रममा छ।

Comments

Back to top