भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा प्रयोग हुने

भारतमा प्रचलित ‘रुपे’ डिजिटल कार्ड नेपालमा पनि प्रयोगमा ल्याइने भएको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलमा यसको उद्घाटन गरेका थिए ।

यो भारतको राष्ट्रिय भुक्तानी निगमले जारी गरेको कार्ड हो । भारतको भुक्तानी प्रणालीलाई एकीकृत गर्न जारी भएको कार्डलाई अब नेपालका बैंकहरुले पनि प्रयोगमा ल्याउन सक्नेछन् ।

‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै रूपे कार्डलाई पनि नेपालको बैंकले जोड्न सक्नेछन् । ‘रुपे’ कार्डबाट नेपालमा पनि भुक्तानीको सुविधा दिइने कुरा जनाईएको छ ।

Comments

Back to top