वाणिज्य बैंकहरुको निक्षेप र कर्जा बराबर !
वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढ्दा कर्जा प्रवाह पनि २ अर्बले नै बढेको हो । चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २८ अर्ब रहेकोमा चैत्र ११ गतेसम्म बैंकहरुको निक्षेप २ अर्ब बढेर ४३ खर्ब ३० अर्ब कायम भएको छ । यस अवधिमा नेपाली मुद्राको निक्षेप २ अर्ब घटेको छ भने विदेशी मुद्राको निक्षेप ५ अर्बले बढेको हो ।
त्यस्तै यस अवधिमा बैंकहरुको कर्जा प्रवाह २ अर्बले बढेको छ । चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा ४१ खर्ब ६८ अर्ब रहेकोमा चैत्र ११ गतेसम्म बैंकहरुको कर्जा घटेर ४१ खर्ब ७० अर्ब कायम भएको छ । यस अवधिमा नेपाली मुद्राको कर्जा १ अर्ब बढेको छ भने विदेशी मुद्राको कर्जा १ अर्बले घटेको छ ।
माघ महिनाको तुलनामा फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको थियो । माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन मंसत अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको निक्षेप बढेर ४३ खर्ब ३३ अर्ब पुगेको थियो ।
त्यस्तै फागुन महिना भर वाणिज्य बैंकहरुले १७ अर्ब कर्जा प्रवाह गरेका थिए । माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको कर्जा ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन मसान्त अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको कर्जा बढेर ४१ खर्ब ७२ अर्ब पुगेको थियो ।
Comments