श्रीलंकाको बैंकिङ प्रणाली स्थिर: केन्द्रिय बैंक

विदेशी मुद्रा सञ्चितिको अभाव झेलिरहेको श्रीलंकाको बैंकिङ प्रणाली स्थिर रहेको त्यहाँको केन्द्रीय बैंकले जनाएको छ ।श्रीलंकाको सरकारी बैंकहरू सुचारु रूपमा सञ्चालन भइरहेका छन् भने बैंकिङ प्रणाली स्थिर छ ।

जनवरी २०२० देखि विदेशी मुद्रा सञ्चितिमा ७० प्रतिशत गिरावट आएपछि खाद्यान्न र इन्धनको अत्यावश्यक आयातको लागि तिर्न संघर्ष गरिरहेको श्रीलंकाले आर्थिक संकटको सामना गरिरहेको छ ।

यसले मुद्राको अवमूल्यन र विश्वव्यापी ऋणदाताहरूबाट मद्दत खोज्ने प्रयास गरेको छ । केन्द्रीय बैंकले एक विज्ञप्तिमा जारी गर्दै भनेको छ, “अर्थ मन्त्रालय र श्रीलंकाको केन्द्रीय बैंकले जनता र अन्य सबै सरोकारवालाहरूलाई बैंकिङ प्रणाली स्थिर छ भनेर आश्वस्त पार्न चाहन्छ ।”

केन्द्रीय बैंकले शीर्ष राज्य–संचालित ऋणदाता पीपुल्स बैंकलाई तिर्नुपर्ने श्रीलंका डेभलपमेन्ट बन्ड (एसएलडिबी) मा भुक्तान गर्न सकेको छैन । जसले अर्को दुई वाणिज्य बैंकहरूसँग गरेको स्वैपलाई सम्मान गर्न असफल भएको छ । एसएलडीबीको भुक्तानी कति भयो भन्ने स्पष्ट भएको छैन ।

दुई वाणिज्य बैंकले तत्कालका लागि पर्याप्त डलर भएकाले स्वैप सेटलमेन्ट स्थगित गर्न सहमति जनाउँदै पिपुल्स बैंकलाई सहयोग गरेको जनाइएको छ । यता पिपल्स बैंकले भने स्विफ्ट कारोवारमा भुक्तानी हुन नसक्ने स्पष्ट पारेको छ ।

Comments

Back to top