व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्न र व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिनु भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री देउवाले मंगलबार बालुवाटारमा भएको उक्त मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा यस्तो निर्देशन दिनु भएको हो ।

उहाँले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारीसाधन, विद्युतीय चुलोलगायत साधनको प्रयोग बढाउने नीति लिन निर्देशन दिनुभयो ।

कार्यक्रममा वाणिज्य मन्त्रालयका साथै राष्ट्रिय याजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयलगायत प्रतिनिधिहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Comments

Back to top