बढ्यो पुनरकर्जाको ब्याजदर
पुनरकर्जाको ब्याजदर बढेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षामा पुनरकर्जाको ब्याजदर बढाउने घोषणा गरेको थियो ।
५ प्रतिशत ब्याजदरमा दिइरहेको पुनरकर्जालाई राष्ट्र बैंकले ७ प्रतिशत बनाउने घोषणा मौद्रिक नीतिको मध्यावधी समीक्षामा गरेको थियो ।राष्ट्र बैंकले पुनरकर्जा बढाउने नीति कार्यान्वयन गर्नको लागि पुनरकर्जा कार्यविधि २०७७ मा संशोधन गर्दै ब्याजदर बढाएको थियो ।कृषि तथा उद्योग क्षेत्रको विकासको लागि २ खर्व १२ अर्व ८८ करोड ननाघ्ने गरी पुनरकर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकेको छ ।
कोभिड–१९ को असर न्यून भएसँगै यस सीमालाई क्रमशः घटाउँदै कोषमा उपलब्ध श्रोतको आधारमा पुनरकर्जा सुविधा प्रदान गर्ने व्यवस्था मिलाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कोभिडबाट अति प्रभावित बाहेक व्यवसायलाई अब पुनरकर्जा सुविधा नदिने घोषणा गरेको छ ।
राष्ट्र बैंकले प्रति ग्राहक १५ लाख सम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा बैंक तथा वित्तीय संस्थालाई दिनसक्ने उल्लेख गरेको छ ।
Comments