नेपालमा सामसुङ ग्यालेक्सी एस २२ सिरिजको बिक्री सुरु

नेपाली बजारमा सामसङको नयाँ ग्यालेक्सी एस २२ सिरिजको बिक्रीवितरण सुरु भएको छ।

ग्यालेक्सी एस २२ र एस २२+ ले अतुलनीय नाइटोग्राफी र ग्यालेक्सी उपकरणमा उत्कृष्ट भिडियोहरु र फोटोहरुका लागि एआइ उन्नत प्रविधि रहेको छ।

पहिले ग्यालेक्सी नोटमा मात्र उपलब्ध एस पेन अहिलेको सेटमा पनि छ। ग्यालेक्सी एस २२ अल्ट्राले स्मार्ट फोनहरुका लागि एक नयाँ अध्याय शुरु गरेको कम्पनीको भनाइ छ।

ग्यालेक्सी एस २२ अल्ट्रा १२ जीबी र्‍याम र २ प्रकारको आन्तरिक मेमोरीका साथ उपलब्ध छ। ५१२ जीबी आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस २२ अल्ट्राको बजार मूल्य एक लाख ६९ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

यसैगरी २५६ जीबी आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस २२ अल्ट्राको बजार मूल्य एक लाख ५९ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ। ग्यालेक्सी एस २२ अल्ट्रा कालो, हरियो र बर्गण्डी लगायत तीन आकर्षक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यसैगरी ग्यालेक्सी एस २२+मा ८ जिबि र्याम र २५६ जीबी आन्तरिक मेमोरी छ, जसको मूल्य एक लाख २९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। यी सेटहरु कालो, सेतो र हरियो रंगमा उपलब्ध छ।

८ जीबी र्‍याम र २५६ जीबी आन्तरिक मेमोरी भएको आधार मोडल ग्यालेक्सी एस २२ को मूल्य १ लाख १२ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ। यो मोडल कालो, सेतो र हरियो रंगमा पाइने कम्पनीले जनाएको छ।

Comments

Back to top