फागुन मसान्तसम्म राजश्व संकलन लक्ष्य भन्दा धेरै, बजेट खर्च जम्मा ४१.९१ प्रतिशत
नेपाल सरकारले फागुन मसान्तसम्ममा राजस्व संकलन लक्ष्य भन्दा धेरै गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले फेसबुक पेज मार्फत नेपाल सरकारले फागुन मसान्तसम्ममा ७ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको उल्लेख गरेका छन् । सरकारले यहि अवधिमा ७ खर्ब १९ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो ।
दैनिक बजेटरी प्रणाली अनुसार हिजो आइतबारसम्ममा नेपाल सरकारले राज्यव मात्रै ६ खर्ब ९५ अर्ब रुपैयाँ संकलन गरेको छ । जसमा कर मार्फत ६ अर्ब ३८ अर्ब, गैर कर मार्फत ५७ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै अनुदान बापत १३ अर्ब ८८ करोड रुपैयाँ प्राप्त गरेको छ भने अन्य आम्दानी ३८ अर्ब रुपैयाँ रहेको छ ।
सरकारले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ६० प्रतिशत पुरा गरेको छ । त्यस्तै खर्च भने नाजुक अवस्थामा छ । लक्ष्य अनुसार अहिलेसम्म ४१.९१ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले चालु खर्च ५ अर्ब ४३ अर्ब रुपैयाँको गर्दा पूँजीगत खर्च ८० अर्ब ९३ करोड रुपैयाँ मात्रै छ । त्यस्तै वित्तीय खर्च ५९ अर्ब ८७ करोड रुपैयाँ मात्रै भएको छ । सरकारले लक्ष्य अनुसार अहिलेसम्ममा ४१.९१ प्रतिशत मात्रै खर्च गरेको छ । आर्थिक वर्ष सकिन केहि महिना मात्र बाँकी हुँदा पनि सरकारले पर्याप्त बजेट खर्च गर्न नसक्नु नेपाल सरकारको पहिलेदेखि चलीआएको समस्या हो ।
Comments