बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी पक्राउ
बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी तेण्डी शेर्पालाई पक्राउ परेका छन् । कञ्चनजङ्घा निर्माण सेवाका प्रोप्राइटर रहेको रामेछापको बाम्तीका शेर्पालाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो ।
उनले दिएको १ करोड ६७ लाखको चेक बाउन्स भएको बताइएको छ । शेर्पालाई महानगरीय प्रहरी परिसर, टेकुको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Comments