तरलता अभाव: सिडी रेसियो ९०.५६ प्रतिशत
बैंकिङ प्रणालीमा तरलता नथपिदा सिडी रेसियो थप बढेको छ । बाणिज्य बैंकहरुको सिडी रेसियो ९०.५६ प्रतिशत पुगेको छ । फागुन चौथो सातामा बाणिज्य बैंकहरुले निक्षेप संकलन २ अर्बले बढ्दा कर्जा विस्तार भने एक अर्बले खुम्चिएको छ ।
बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । बजारमा कर्जाको माग जति सुकै बढे पनि बैंकहरु लगानी गर्न सक्ने अवस्थामा छैनन् । फागुन चौथो सातासम्ममा बाणिज्य बैंकहरुले ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४१ खर्ब ६९ अर्ब रुपैया लगानी गरेका छन् ।
फगुन महिनामा मात्रै बाणिज्य बैंकहरुले १५ अर्ब रुपैयाँ निक्षेप गरी १४ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले २०७९ असार मसान्त भित्रमा सिडी रेसियो ९० प्रतिशतमा झार्न निर्देशन दिए पनि यो पुरा हुन सक्ने देखिदैन । अहिले नै सिडी रेसियो औसतमा ९०.५६ प्रतिशत पुगिसकेको हुँदा कुनै पनि बैंकहरु नयाँ कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् ।
Comments