बाणिज्य बैंकहरुको मुनाफा ४० अर्ब २४ करोड, ग्लोबलको सर्वाधिक
बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ४० अर्ब २४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । माघ महिनासम्ममा सर्वाधिक धेरै ग्लोबल आइएमई बैंकले तीन अर्ब तीन करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
त्यस्तै खुद मुनाफामा एनआइसी एशियाले नविल बैंकलाई उछिनेको छ । एनआईसीले माघ महिनासम्ममा २ अर्ब ८५ करोड रुपैयाँ मुनाफा आर्जन गर्दा नविलको २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सरकारकी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब २८ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । सात महिनामा २ अर्ब भन्दा माथि मुनाफा गर्ने अर्को बैंक प्राइम बैंक रहेको छ । बैंकले २ अर्ब १६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
त्यस्तै ७ महिनामा एक अर्ब भन्दा माथि मुनाफा गर्नेमा क्रमश एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, कृषि विकास बैंक, मेगा बैंक, प्रभु बैंक, सिटिजन बैंक, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी, माछापुच्छ्रे, एनसिसी, हिमालयन र एभरेष्ट बैंक रहेका छन् । सर्वाधिक कम मुनाफा गर्नेमा सिभिल बैंक रहेको छ । सिभिलले ६१ करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
Comments