नेप्सेमा १४.११ अंकको वृद्धि, ५ अर्ब २० करोडको सेयर कारोबार!
मंगलबार नेप्से परिसूचक १४.११ अंकले बढेर २,६२६.३१ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३१२ कम्पनीको कुल १ करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयरको करिब ५ अर्ब २० करोड २२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६७ कम्पनीको सेयर मूल्य बढेको छ, ७१ कम्पनीको मूल्यमा गिरावट छ भने ६ कम्पनीको मूल्य स्थिर रहको छ।
यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा जानकी फाइनान्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैधन्दा धेरै एनएमबी सुलभ इन्भेष्टमेन्ट २ को कारोबार भयो।
Comments