माई खोला हाइड्रोपावरको वार्षिक साधारण सभा आज
माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर १४ (आज) गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले यसपटक लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।
साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २८ गतेसम्म कायम रहेका सेयरधनी मात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् । साधारण सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
एजेन्सी
Comments