अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा काेषको दायरामा ल्याउने प्रधानमन्त्रीकाे घाेषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा काेषको दायरामा ल्याउने घोषणा गरेका छन् । केही दिन मात्रै काम गरेको भए पनि अस्थायी र ज्यालादारी कर्मचारीले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले बताएका हुन् ।

सातौं साामाजिक सुरक्षा दिवसको अवसरमा काठमाण्डाैमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरूलाई पनि त्यही समयको सामाजिक सुरक्षा कोषमा आबद्ध हुने उल्लेख गरे । वैदेशिक रोजगारीमा गएका सबै युवालाई कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिबद्ध रहेको उनकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकारले नागरिककाे सुख र समृद्धिबाहेक अरू कुनै अभिष्ट नराखेको पनि बताए ।

एजेन्सी

Comments

Back to top