नेप्सेमा ३३.४१ अंकको वृद्धि , सेयर कारोबार ७ अर्ब ४४ करोड!

मंगलबार नेप्से परिसूचक ३३.४१ अंकले बढेर २,७१६.६६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१२ कम्पनीको कुल १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयरको करिब ७ अर्ब ४४ करोड ९८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ, ३२ कम्पनीको मूल्यमा गिरावट छ भने १ कम्पनी स्थिर रहे।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सपोर्ट माइक्रोफाइनान्स् वित्तीय संस्था लिमिटेड, यूनाइटेड आइडीआइ मर्दी आरबी हाइड्रोपावर लिमिटेड र कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा  नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड ७८ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा न्यादी ग्रुप पावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भयो।

 

Comments

Back to top