नेप्सेमा १४.१२ अंकको गिरावट, सेयर कारोबार ७ अर्ब ९१ करोड!
बुधबार नेप्से परिसूचक १४.१२ अंकले घटेर २,७३४.८३ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयरको करिब ७ अर्ब ९१ करोड १९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ९९ कम्पनीको सेयर मूल्य बढेको छ, १३८ कम्पनीको मूल्यमा गिरावट छ भने ७ कम्पनी स्थिर रहे।
यस दिन कारोबार भएका ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा सप्तकोशी डेभलपमेन्ट बैँक लिमिटेड र सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा कुथेली बुखरी स्माल हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा जानकी फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ८६ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments