सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयर बिक्रीमा
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको पौने ६ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो ।
इन्स्योरेन्स कम्पनीमा संस्थापक समूहका केही सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार संस्थापक समूहको ५ लाख ८२ हजार ८५८ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
कम्पनीको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले खरिद गर्न चाहेको सेयर संख्या र दर रेटसहित बोलपत्र पेश गर्नुपर्ने हुन्छ । कम्पनीको सेयर रजिष्ट्रारको काम भने एनआईसी एशिया क्यापिटलले गरिरहेको छ ।
एजेन्सी
Comments