नेप्सेमा १.८८ अंकको गिरावट, ५ अर्ब २२ करोडको सेयर कारोबार!
बुधबार नेप्से परिसूचक १.८८ अंकले घटेर २,६७५.५१ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३२० कम्पनीको कुल १ करोड १६ लाख ८६९ कित्ता सेयरको करिब ५ अर्ब २२ करोड २४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १२१ कम्पनीको सेयर मूल्य बढेको छ, ११७ कम्पनीको मूल्यमा गिरावट छ भने ६ कम्पनी स्थिर रहे।
यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा नारायणी डेभलपमेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा नेपाल फाइनान्स लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.२६% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सानिमा ग्रोथ फण्डको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments