सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज कात्तिक २१ गते बुधबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यसदिन सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक २५ गते बुक क्लोज गर्दैछन् । कात्तिक २२ गते सार्वजनिक विदा परेको छ ।

२३ गते शुक्रबार र २४ गते शनिबार पर्ने हुँदा ती दिनमा सेयर बजार खुल्दैन । त्यसैले आज कात्तिक २१ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउने छन् ।

सानिमा बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले मंसिर ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।साधारण सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

आशा लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न लघुवित्तले मंसिर ७ गते वार्षिक साधारण सभा गर्ने भएको हो । सभा उग्रचण्डी, बनेपा ७, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top