सोल्टी होटलले तोक्यो बुक क्लोज मिति
सोल्टी होटलले बुक क्लोजका लागि मिति तय गरेको छ ।
होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी मंसिर १३ गते बुल क्लोज गर्ने भएको हो । त्यसैले मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले लाभांश पारित गर्नका लागि आगामी पुस ४ गते साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई ३४.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले यो वर्ष १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । सोही सभाले प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाउनेछ ।
एजेन्सी
Comments