सबैभन्दा बढी अन्तर्राष्ट्रिय विमानस्थल भएका देश
विश्वभर हवाई यात्रा तीव्र गतिमा फैलिरहेको छ । अन्तर्राष्ट्रिय यात्राका लागि विमानस्थल महत्वपूर्ण हब हो भन्ने कुरामा कुनै शंका छैन । जुन देशमा जति धेरै अन्तर्राष्ट्रिय एयरपोर्ट छन्, त्यो देश विश्वव्यापी यात्राका लागि त्यति नै प्रख्यात हुन्छ । विश्वका १० देश जहाँ सबैभन्दा बढी अन्तर्राष्ट्रिय विमानस्थल छन्, ती हुन्ः
संयुक्त राज्य अमेरिका
यो सूचीमा अमेरिका पहिलो स्थानमा छ, जसमा कुल १०२ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन्। यो संख्याले अमेरिकाको ग्लोबल कनेक्टिभिटी कत्तिको बलियो छ भन्ने देखाउँछ। न्यूयोर्कको JFK, लस एन्जलसको LAX र शिकागोको O’Hare अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा प्रमुख एयरपोर्ट हुन् जसले अमेरिकालाई विश्वभरका देशहरूसँग जोड्छन् ।
रूस
रूसमा ६७ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन्। मस्कोको Sheremetyevo र Domodedovo एयरपोर्ट रूसका सबैभन्दा व्यस्त एयरपोर्ट हुन् जसले रुसलाई युरोप र एशियाका अन्य देशहरू सँग सीधा जोडछन ।
चीन
यो सूचीमा चीन तेस्रो स्थानमा छ । त्यहाँ ६५ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन। बेइजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्ट र सांघाई पुडोङ एयरपोर्ट चीनका प्रमुख एयरपोर्ट हुन्। चीनको तीव्र गतिमा बढिरहेको अर्थतन्त्र र विश्वव्यापी व्यापार सम्बन्धले यसको हवाई सम्पर्कलाई अझ बलियो बनाएको छ।
मेक्सिको
मेक्सिकोमा कुल ३६ वटा अन्तर्राष्ट्रिय एयरपोर्ट छन् जसले यसलाई ल्याटिन अमेरिकी देशहरू र विश्वका अन्य भागहरूसँग जोड्छन । क्यानकुन अन्तर्राष्ट्रिय विमानस्थल र मेक्सिको सिटी अन्तर्राष्ट्रिय विमानस्थल यहाँका प्रमुख विमानस्थल हुन् ।
फ्रान्स
फ्रान्स, युरोपको एक प्रमुख देश हो जहाँ ३४ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन् । पेरिसको चार्ल्स डे गौले अन्तर्राष्ट्रिय विमानस्थल युरोपको सबैभन्दा व्यस्त एयरपोर्ट हो जसले फ्रान्सलाई विश्वका धेरै देशहरूसँग जोड्छ ।
भारत
भारतमा ३४ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन्। दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल भारतका सबैभन्दा प्रमुख एयरपोर्ट हुन् जसले यसलाई एशिया, युरोप र अमेरिकासँग जोडेकाछन् ।
इटाली
इटालीसँग २९ वटा अन्तर्राष्ट्रिय एयरपोर्ट छन् जसले यसलाई युरोप र विश्वका अन्य भागहरूसँग जोड्छन । रोमको लियोनार्डो दा भिन्सी(फुमिको एयरपोर्ट र मिलानको मालपेन्सा एयरपोर्ट यहाँका प्रमुख एयरपोर्ट हुन् ।
स्पेन
स्पेनमा पनि २९ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन्। म्याड्रिडको बराजास अन्तर्राष्ट्रिय विमानस्थल र बार्सिलोनाको एल प्राट एयरपोर्ट स्पेनका प्रमुख विमानस्थल मध्ये हुन्।
ब्राजिल
दक्षिण अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा २३ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन्। रियो दि जेनेरियो र साओ पाउलोका एयरपोर्टहरू यहाँका प्रमुख एयरपोर्ट हुन् जसले देश भित्र र बाहिर यात्रुहरूका लागि मुख्य प्रवेशद्वारका रूपमा काम गर्छन्।
इन्डोनेसिया
इन्डोनेसिया यसका टापुहरूका लागि प्रसिद्ध छ र यहाँ २३ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन् । बालीको नगुराह राय अन्तर्राष्ट्रिय विमानस्थल र जकार्ताको सोएकरनो(हट्टा अन्तर्राष्ट्रिय विमानस्थल इन्डोनेसियाका सबैभन्दा व्यस्त एयरपोर्ट हुन् जसले यो देशलाई निरन्तर सारा विश्व सँग जोडिरहेकोछ ।
एजेन्सी
Comments