श्रीलंकाले सेवा क्षेत्रको राजस्व बढाउने

श्रीलंकाको निर्यात विकास बोर्ड (ईडीबी)ले सन् २०३० सम्ममा सेवा क्षेत्रको राजस्व पाँच अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ ।

योजनाले सफ्टवेयर इन्जिनियरहरूको संख्या बढाउने, प्रमुख संस्थाहरूलाई एकीकृत गरेर स्वीकृति प्रक्रियालाई सुव्यवस्थित गर्ने र डलर राजस्व बढाउन नयाँ बजारहरूमा पहुँच गर्न निर्यातकर्ताहरूले सामना गर्ने विद्यमान चुनौतीहरूलाई कम गर्ने समावेश गर्दछ ।

श्रीलंकाको सेवा क्षेत्रको राजस्व सन् २०२३ मा करिब तीन अर्ब पुग्ने अपेक्षा गरिएको थियो । यसमा आईसीटी क्षेत्रको योगदान करिब एक अर्ब छ । देशले हाल दुई हजार नौ सय उत्पादनहरू निर्यात गरेको छ । ईडीबीले सन् २०३० सम्म यसलाई पाँच हजार पुर्याउने लक्ष्य राखेको छ ।

रासस

Comments

Back to top