नेप्से इन्ट्राडे अपडेट: २१.५३ अंकको वृद्धि!
सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक २१.५३ अंकले बढेको छ।
दुई घण्टामा नेप्से २१.५३ अङ्कले बढेर २,६३९.४८ मा आएको हो। २९५ कम्पनीको ४,४९९,५६४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ३२ करोड ६३ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा दोल्ती पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.१६% वृद्धि भएको छ भने टप लुजरमा सम्मृद्धि फाइनान्स कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.६०% ले घटेको छ।
Comments