रतन टाटा : पुँजीवादलाई परोपकारसँग जोड्ने दयालु आत्मा भएका असाधारण मानव

टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ। उनको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो। अन्तर्राष्ट्रिय जगतमा भारतका सबैभन्दा ख्यातिप्राप्त उद्योगी टाटा आफ्नो परोपकारी कामहरूले समेत विश्वभर चिनिएका थिए।

यस्ता दिग्गज जसले 'नुनदेखि सफ्टवेयर'सम्म सबैतिर आफ्नो व्यापार सफल बनाए। एक सयभन्दा धेरै कम्पनी भएको समूहका रुपमा चिनिएको टाटामा ६ लाख ६० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन्। जसमा वार्षिक राजस्व नै एक सय मिलियन डलरभन्दा ज्यादा छ। 

भारतीय व्यापार जगतका अग्रणी जमशेदजी टाटाद्वारा स्थापित १५५ वर्ष पुरानो टाटा समूह ज्यागुअर ल्याण्ड रोभर साथै टाटा स्टिलदेखि लिएर नुनसम्म फैलिएको छ। भाारतमा मात्र होइन दक्षिण एसियासहित विश्वका धेरै देशमा टाटाको व्यापारिक साम्राज्य फैलिएको छ।

'द स्टोरी अफ टाटा' का लेखक पिटरका अनुसार टाटा कम्पनीको सिद्धान्त पुँजीवादलाई परोपकारसँग जोड्ने रुपमा निकै सफल रहेको छ। टाटाको व्यवसाय यस्तो ढंगमा हुन्छ जसले अरुको जीवनलाई समेत उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेल्छ। यसमा रतन टाटाको सोच र काम निकै महत्वपूर्ण रह्यो। 

अहिले टाटा सन्समा यस्ता धेरै कम्पनी छन् जुन निजी स्वामित्वका साथै सार्वजनिक रुपमा कारोबार गर्नेहरू पनि रहेका छन्। जुन प्रायजसो परोपकारी ट्रष्टका रुपमा नै रहेका छन्। 

टाटालाई वृद्धावस्थासँगै देखिने कमजोर स्वास्थ्य अवस्थाका कारण अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ। अस्पताल स्रोतका अनुसार उनलाई उच्च रक्तचापको समस्या थियो। 

टाटाको जन्म सन् १९३७ मा मुम्बईमा पारसीपरिवारमा भएको थियो, जुन एक गौरवशाली तर घट्दो समुदाय हो। जसले बेलायती शासनअन्तर्गत सहरको व्यापारिक मामिलामा ठूलो भूमिका खेलेको थियो। उनले न्युयोर्कको कर्नेल युनिभर्सिटीबाट स्नातक गरेपछि आर्किटेक्टको रूपमा आफ्नो जीवनलाई भारतप्रति समपर्ण गरेका थिए।

पढाइ सकेलगत्तै उनी स्वदेश फर्की स्वदेशी उद्योगको श्रीवृद्धिका लागि योगदान गरेका थिए। टाटाकी हजुरआमाको एक आग्रहपछि उनी सन् १९६२ मा भारत फर्किएर विशाल पारिवारिक व्यवसायमा सामेल भएका थिए। उनले सन् १९९१ मा पारिवारिक साम्राज्यको बागडोर सम्हालेका थिए र त्यस वर्ष भारतले भर्खरै सुरु गरेको आमूल मुक्त बजार सुधारको लहरलाई नेतृत्व दिएका थिए। टाटाको २१ वर्षको कार्यकालमा नुनदेखि स्टिलसम्म फैलिएको टाटा समूहले आफ्नो विश्वव्यापी पदचिन्ह विस्तार गरेको छ।

टाटा रतन टाटा ट्रस्ट र दोराबजी टाटा ट्रस्टका अध्यक्ष भएका थिए। उनी सन् १९९१ देखि सन् २०१२ मा सेवानिवृत्त हुनुअघिसम्म टाटा समूहको ‘होल्डिङ कम्पनी’ टाटा सन्सको अध्यक्ष थिए।

सन् २००८ मा उनलाई भारतको दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषणबाट सम्मानित गरिएको थियो।  

एजेन्सी

Comments

Back to top