नेप्सेमा ४.८५ अंकको वृद्धि, ३ अर्ब ७६ करोडको सेयर कारोबार!

बुधबार नेप्से परिसूचक ४.८५ अंकले बढेर २,६६८.१७ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका २९४ कम्पनीको कुल ८३ लाख १२ हजार ६८५ कित्ता सेयरको करिब ३ अर्ब ७६ करोड १५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १३० कम्पनीको सेयर मूल्य बढेको छ, १०२ कम्पनीको मूल्यमा गिरावट छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको रहेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा मीड सोलु हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा थ्री स्टार हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड १ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सानिमा बैँक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top