प्रि ओपन सेसनमा नेप्से परिसूचक २.१९ अंकले बढ्यो !
सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.१९ अंकले बढेको छ।
आइतबार २२.३६ अंकले घटेर २,४६४.४० मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,४६६.६० मा खुलेको हो। कुल १,५५४ कित्ता सेयरको खरिदबिक्री करिब १३ लाख ३१ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका २९ कम्पनीमध्ये १० को मूल्य बढ्यो भने ४ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
यस अवधीमा कुल ४२ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments