हेलेन आँधीका कारण अमेरिकामा ४२ जनाको ज्यान गयो

हेलेन आँधीका कारण अमेरिकामा कम्तीमा ४२ जनाको ज्यान गएको छ । फ्लोरिडा र अन्य धेरै दक्षिणपूर्वी राज्यमा आँधीले ठूलो जनधनको क्षति गरेको छ ।

फ्लोरिडामा कम्तीमा सात जना, दक्षिण फ्लोरिडामा १४ जना, छिमेकी जर्जियामा ११ जनासहित कम्तीमा ४२ जनाले ज्यान गुमाएका अधिकारीलाई उद्धृत गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अरू धेरै क्षतिको सम्भावना कायमै रहेको र सतर्कता अपनाउन भनिएको छ । मेक्सिकोको खाडीबाट आएको यो आँधी निक्कै शक्तिशाली छ । हेलेन आँधीकै कारण ऊर्जा सङ्कटसमेत ल्याउन सक्ने चेतावनी दिइएको छ । 

एजेन्सी

Comments

Back to top