आँखुखोला जलविद्युतको शेयर प्रतिकित्ता १०० रुपैयाँमा लिलामीमा

आँखुखोला जलविद्युत कम्पनीले असोज ११ गतेदेखि अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीले गत साउन २७ गतेदेखि साउन भदौ १६ गतेसम्म १ सेयर बराबर नयाँ १.५ सेयरको अनुपातमा १ अर्ब २० करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको थियो । जसमध्ये बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो ।

कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

इच्छुक लगानीकर्ताले असोज २० गतेभित्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवेदन दिन सक्नेछन् ।

एजेन्सी

Comments

Back to top