विश्वका सर्वश्रेष्ठ गायक माइकल ज्याक्सन

विश्वका सर्बश्रेष्ठ गायक माइकल ज्याक्सनको जन्म सन् १९५८ अगस्ट २९ मा अमेरिकाको इन्डियाना राज्यको निम्न मध्यम वर्गिय परिवारमा भएको थियो । उनी अश्वेत जातिका मानिस थिए । तर पछि उनले आफ्नो अनुहारलाई प्लाष्टिक सर्जरी गरी गोरो तथा आकर्षक बनाएका थिए । उनको पुरा नाम माईकलजोसेफ ज्याक्सन हो भने उनी विश्वभरी माइकल ज्याक्सनको नामबाट परीचित छन् । ज्याक्सनको बुवा गितारिष्ट थिए । त्यसैले पनि उनले आफ्नो बुबाबाट संगीत सम्बन्धि ज्ञान लिएका थिए । उनी परीवारको सातौँ सन्तान थिए । परिवारमा कान्छा सदस्य भएकाले पनि उनले सबैको माया पाएका थिए । उनको परिवारमा सांगीतिक महोल थियो तसर्थ उनको अध्ययन नै संगीत बन्नपुग्यो । उनी पाँचवर्षको हुँदा नै उनको घरमा एक सांगीतिक समूह निर्माण गरिएको थियो । उनका बुबा दाजु भाई समेत संलग्न उक्त व्याण्डमा ज्याक्सनलाई भोकलिष्ट बनाइएको थियो ।

सानै उमेर देखि नै उनी अत्यन्तै मीठो र भावमा डुबेर गीत गाउँथे र गीतमा उत्तिकै बेजोड नृत्य पनि गर्दथे । परिवार नै संगीतको पारखी भएकोले संगीत सम्बन्धी शिक्षा सबभन्दा पहिले आफ्नै अभिवावकहरुबाट पाए । उनी आफ्नो बुबा र दाजुुसँग घण्टौ संगीत सिक्थे र नृत्यकलामा पोख्त हुन उनलाई उनको बुबाले सहयोग गर्नुभयो । आजका महान गायक माइकल पछि महान गायक बन्ने छन् भन्ने कुरा उनको बालककाल देखि नै अनुमान गर्न थालिएको थियो ।

महान सम्भावना बोकेका माइकल ज्याक्सनले आफू एघार वर्षमा नै ऐतिहासिक एल्बम निकालेका थिए । उनको त्यो एल्बमको नामथियो“आई वान्ट यु ब्याक”। यो एल्बमले अत्यन्तै चर्चा पाएको थियो । उनको सबैभन्दा चर्चित एल्बम“अफ द वाल”हो । उनको १९८२ मा बजारमा आएको क्यासेट “थ्रिलर”बिगेष्ट सेलिङ्गमा पर्न गई गिनिज बुक अफ वल्र्ड रेर्कडसमा आफुलाई पा¥यो । उक्त क्यासेट ४ करोड ३० लाख थान बिक्रि भएको थियो । तीन करोड पचास हजार क्यासेट त अमेरिकामा मात्रै बिक्री भएको थियो । उनी पपगायकका विश्वचर्चित छन् । उनका फ्यानहरु विश्वभरी नै छन् र उनको गीत र सङगीत भनेपछि विशेष गरी युवावर्ग हुरुक्कै हुन्छन् । ज्याक्सन गायक तथा नृत्य दुबै क्षेत्रमा सफल मानिन्छन् । उनको रोबोट तथामुनवाक डान्स हेर्न सबै लालायित हुन्थे ।

ज्याक्सनको ‘अफ द वाल’, ‘थ्रिलर’जस्तै अत्यन्तै चर्चित एल्वमहरु हुन् ‘ब्याड’ ‘डेन्जरस’ ‘हिस्ट्र«’ । यीएल्वमहरु अत्याधिक बिक्रिी भयो । यसबाटमध्यम परिवारको व्याक्ति अरबौँ डलरको मालिक बन्नपुगे । उनी विश्वका अत्यन्तै धनी गायक पनि हुन । उनले पाश्चात्य संगीत क्षेत्रको सर्बोच्च पुरुस्कार ग्रामी अवार्ड पनि प्राप्त गरे । उनले जीवनमा धेरै नै पुरस्कार र सम्मानपत्र पाएका छन् । उनका एल्वमहरुबाट अहिले पनि आम्दानी भईरहेको छ । मृत्यु अघि गरेको कामले मृत्युपछि पनि उनले धनकमाई रहेका छन् । उनी सन् १९६३ देखि २००९ सम्म नै सांगीतिक क्षेत्रमा सक्रिय रहे । ज्याक्सन गायकमात्र नभएर राम्रो नृत्यकार , नृत्य निर्देशक , मनोरञ्जक , ब्यापारी, गीत रचनाकार पनि थिए ।

संगीतमा लिन भएकै कारण उनको वैवाहिक जीवन सफल ढंगले अगाडि बड्न सकेन । यस्ता महान् गायकको मृत्यु सन २००९ माक्यालि फोर्नियामा रहस्यमय ढंगबाट भएको थियो । पचास वर्षको उमेरमा नै उनले आफ्नो प्राण त्यागे । उनी अझ बाचेका भए संगीत क्षेत्रमा अझ बढी गर्न सक्थे तर उनको सफलताप्रति इष्र्या गर्र्दै डाक्टरले नै उनको मृत्यु गराएको उनको परिवारको दाबी छ । तर माइकल आज हाम्रो सामु नभएपनि उनको गीत –संगीत जुगौं जुगसम्म विश्वभरीका संगीत पारखीको कानमा गुन्जीरहने छ , उनी अजर, अमर छन् ।

एजेन्सी

Comments

Back to top