नेपाल–ओमानबीच चार वटा क्षेत्रमा अध्ययनका लागि छिटै सम्झौता हुने
नेपाल र ओमानबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलासम्बन्धी अध्ययनका लागि छिटै सम्झौता हुने भएको छ ।
नेपाल र ओमानका परराष्ट्रमन्त्रीको द्विपक्षीय वार्तामा चार वटा विभिन्न क्षेत्रमा दुई देशबीचमा सम्झौता गर्नेबारे छलफल भएको हो । नेपालको औपचारिक भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सइद बद्र बिन हमाद बिन हमुद बल्सुसैदी र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच आज भएको द्विपक्षीय भेटवार्तामा मुख्यगरी चार वटा विषयमा छिटै सम्झौता गर्नेबारेमा कुराकानी भएको हो ।
मन्त्री राणाले नेपालमा पर्यटनको क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको आफूले पाएको बताए ।यस्तै ओमान पक्षले नेपाली श्रमिकहरू काममा लगनशील र इमानदार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिक लैजाने जनाएको छ ।
एजेन्सी
Comments