साधारण सदस्यबाट पनि मुकुललाई कारबाही गर्ने रास्वपाको तयारी

रास्वपाले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाट पनि कारबाही गर्ने भएको छ ।

अनुशासन आयोगले ढकाललाई कारबाही गर्न सिफारिस गरेको एक नेताले जानकारी दिए ।

ती नेताले भने, ‘भोलिको बैठकमा उहाँको स्पष्टीकरण पेस हुन्छ । कारबाही केन्द्रीय समितिको कार्यक्षेत्र हो । भोलि नै हुन्छ या केही दिनपछि साधारण सदस्यबाट कारबाही हुन्छ । बहुमत नेताहरूको धारणा यही छ ।’

पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका ढकाललाई पार्टीले पटक–पटक स्पष्टीकरण सोधेको थियो । पार्टी अनुशासनविपरित गतिविधि गरेको भन्दै महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो ।

त्यसपछि पनि उनलाई पार्टीले दोहोर्‍याएर स्पष्टीकरणको सोधेको थियो । यद्यपि, ढकालले कारबाहीमा परेपछि पार्टी नेतृत्वप्रति प्रश्न गर्न नछाडेपछि अन्ततः साधारण सदस्यबाट पनि निकाल्ने तयारीमा रास्वपा पुगेको हो ।

एजेन्सी

Comments

Back to top