अमेरिकी राष्ट्रपति पदका स्वतन्त्र उम्मेदवार केनेडीको उम्मेदवारी फिर्ता

अमेरिकाको राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले उम्मेदवारी फिर्ता लिएका छन् । केनेडी जुनियरले अमेरिकाको एरिजोनामा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको र आफुले ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । र्‍यालीमा केनेडी र ट्रम्प दुवै जनाले सम्बोधन गरेका थिए ।

केनेडी जुनियर अमेरिकी सिनेटर रोबर्ट एफ केनेडीका छोरा र पूर्व  राष्ट्रपति जोन एफ केनेडीका भतिजा हुन् । डेमोक्र्याटिकका पूर्वनेता केनेडी जुनियरले विचारमा मतभेद भएपछि पार्टी छाडेका थिए ।  डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले यसअघि केनेडीको समर्थकबाट पनि भोट प्राप्त हुने गरी पहल गर्ने बताएका थिए ।  

एजेन्सी

Comments

Back to top