प्रस्तावित राजदूतविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी
विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी परेको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दुई वटा उजुरी इमेलबाट र ७ वटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर परेको हो ।
गत साउन ३० गते सुनुवाइ समितिले उनीहरुविरुद्ध १० दिने उजुरी आह्वान गरेकोमा निर्धारित समयभित्र ९ वटा उजुरी परेको हो ।
केही व्यक्तिगत र केही सामुहिक परेको जुरीमा राजदूत सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णयमाथि नै प्रश्न उठाइएको छ ।
गत साउन १४ गते सरकारले विभिन्न १८ देशका लागि राजदूतहरुको नाम सिफारिस गरेको थियो ।
पराराष्ट्र मन्त्रालयबाट संसदीय सुनुवाइ समितिमा १७ जनाको नाम मात्रै पुगेको थियो ।
अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी कान्ता रिजालको नाम भने सुनुवाइ समितिमा पुगेको छैन ।
एजेन्सी
Comments