सहकारी छानबिन समिति : दुई सहकारीका सञ्चालकसँग सोधपुछ
सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकसँग सोधपुछ गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक सूर्यध्वज न्यौपानेसँग सोधपुछ गरेको हो । चावहिलस्थित मित्रपार्कमा अवस्थित कुमारी सहकारी यसअघि समस्याग्रस्त घोषणा गरिएको थियो।
त्यस्तै, बुधबार नै समितिले सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रामचन्द्र शर्मासँग पनि बयान लिएको छ । सोसाइटल सहकारी छानविन समितिको कार्यादेशको अनुसुचीको ११औं नम्बरमा रहेको छ ।
विज्ञदेखि सरोकारवाला तथा सहकारी ठगीमा संलग्नहरुसँग छलफल गरेको समितिले प्रतिवेदन लेखनको कार्य पनि अघि बढाएको छ ।
गत जेठ १५ गते गठन भएको समितिलाई सहकारीमा जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश रहेको छ ।
एजेन्सी
Comments