स्थानीय तह उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । “पार्टीले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ,” कार्यवाहक प्रवक्ता झाले भने ।
यसअघि २०७९ वैशाखमा भएको स्थानीय निर्वाचनका बेला रास्वपा गठन भइसकेको थिएन, त्यसैले भाग लिन पाएन । तर, उपनिर्वाचनमा भने भाग लिने निर्णय पार्टीले गरेको हो ।
निर्वाचन आयोगले स्थानीय उपनिर्वाचन मंसिरको तेस्रो साता प्रस्ताव गरेको छ । सरकारले भने निर्णय लिइसकेको छैन ।
एजेन्सी
Comments