थामे गाउँमा आएको बाढीको अध्ययन गर्न र प्रभावितको पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण
सांसदहरूले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा आएको बाढीको अध्ययन गर्न र प्रभावितको पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको बैठकमा सांसद कृष्णबहादुर रोकायाले थामेमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराए । थप ताल फुट्न सक्ने जोखिमका बारेमा सरकार संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।
यस्तै सांसद जयन्ती राई र रुक्मिणी कोइरालाले हिमताल र बाढीको वास्तविक क्षतिको विवरण र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग माग गरेका छन् ।
यस्तै सांसद गोपीबहादुर सार्की अछामीले भौगोलिक हिसाबले कमजोर हिमाली क्षेत्रमा मनसुनी वर्षा हुँदा अरू हिमताल पनि जोखिममा रहेकाले सरकारले अध्ययन गर्नुपर्ने बताए ।
एजेन्सी
Comments