थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी
थाइल्यान्डका राजाले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिएका छन् । राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक रहेका समाचारसंस्था एएफपीले जनाएको छ ।
थाक्सिन १५ वर्षको निर्वासनपछि झन्डै एक वर्षअघि स्वदेश फर्केका थिए । स्वदेश फर्कनसाथ उनलाई थाई अदालतले भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाएको थियो । अहिले राजाले सिनावात्राको आचारणमा सुधार भएको भन्दै आममाफी दिएका हुन् ।
सिनावात्रालाई आममाफी दिनु एक दिन अघि मात्रै थाई संसदले थाक्सिनकी ३७ वर्षीया छोरी पेतोङतार्न सिनावात्रालाई प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो । थाइल्याण्डको संवैधानिक अदालतले पूर्व प्रधानमन्त्री श्रेता थाभिसिनलाई बर्खास्त गरेपछि पेतोङतार्न प्रधानमन्त्री बनेका हुन् ।
एजेन्सी
Comments